Dhulikhel Eco Banner new

अर्थतन्त्र जोगाउन राज्य र निजी क्षेत्रको सहकार्य जरुरी छ : सभामुख घिमिरे

3.78K
shares

काठमाडौं, ११ चैत । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्र र राज्यको सहकार्यले मात्रे अर्थतन्त्र बलियो हुने बताएका छन् । शनिबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौ साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद र निजी क्षेत्रको सहकार्य अपरीहार्य रहेको बताएका हुन् ।

‘अर्थतन्त्र चलायमान हुनका लागि व्यवसायी उत्साहित तथा प्रोत्साहीत हुनु पर्छ, तर अहिले त्यस्तो कार्य हुन सकेको छैन्,’ उनले भने । अहिलेको अवस्थामा बैंकको ब्याजदर एक तर्फि रुपरमा वृद्धि गर्न नहुने उनको भनाइ थियो । उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धि लगायत व्यवसायीहरुका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए । सभामुख घिमिरेले व्यवसायीहरुको आन्दोलनभन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले आन्दोलनका कार्यक्रम जारी रहेको भन्दै आन्दोलन नरोकिएको पनि जानकारी दिए । व्यवसायीहरु मर्कामा परेको अवस्थामा केही स्वार्थ समूहले आन्दोलन रोकिएको भन्ने प्रचार गरेको भन्दै आन्दोलन जारी रहेको उनलको बताए । महासंघका अध्यक्ष कुमार कार्कीले आन्दोलन स्थगित गर्ने भन्दा पनि थप कडा पार्ने गरी अघि बढीरहेको बताए । ‘हाम्रो आन्दोलन जारी छ, ब्याजदर एकल विन्दुमा नझरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ उनले भने ।