Dhulikhel Eco Banner new

युनाईटेड र अजोड इन्स्योरेन्स बीच मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर

4.11K
shares

काठमाडौं, १७ चैत । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

१०० बराबर ८२.५० स्वाप रेसियोमा मर्जर गर्ने सम्झौता भएको छ । प्ररम्भिक मर्जरमा युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको थियो । तर अन्तिम सम्झौता गर्दा स्वाप रेसियो परिवर्तन भएको छ ।

मर्जरमा जाने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले पुस २९ गते सैद्धान्तिक सहमति दिएको थियो । मर्जर पछि बन्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।