Dhulikhel Eco Banner new

रास्वपा सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी बन्ने छ : सभापति लामिछाने

5.69K
shares

काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् ।

शनिवार उपनिर्वाचनका ३ उम्मेदवार घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्वर्णिम वाग्ले र रमेश खरेल जस्ता हजारौँ क्षमतावान् व्यक्तिहरू उपनिर्वाचनमा समाजको लागि भएपनि जित्नु पर्ने बताएका हुन् ।

‘कयौ यस्ता क्षमतावान व्यक्तिहरु हाम्रो पाटीको माध्यमबाट मूलुकको सेवा गर्न तयार भएर बस्नु भएको छ । यस्को सङकेत हो यो , राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको ठूलो र लोकतान्त्रीक पार्टी भएर चाँडै नै खडा हुन्छ यो जनाउ घण्टी मात्र हो । यो उपनिर्वाचनमा समाजको लागि भएपनि तपाईहरुले हार्ने छुट छैन् । ’

उनले रास्वपाले व्यक्तिलाई भन्दा प्रणालीलाई प्राथमिकतामा राखेर बनाएको विधानले नै पार्टीमा डा.स्वर्निम वाग्ले जस्ता मानिसहरु अटाउन सकेको बताए ।