Dhulikhel Eco Banner new

एक दिन मै तोडियो चुरे संरक्षण अभियानन्ता यादवको अनशन

6.28K
shares

जनकपुरधाम, १८ चैत । भुमिहीन दलित, सुकुम्बासीहरुको भुमि अधिकारका निम्ति र चुरे वन जंगल संरक्षण सम्बद्र्धधनसहितको माग लिएर शुक्रबार दिउँसोदेखि आमरण अनसनमा बसेका सुनिल यादवले एक दिनमै अनशन तोडेएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवको आश्वासन पछि यादवले शनिबार अनशन तोडेका हुन् ।

उनलाई मुख्यमन्त्री यादवले जुस खुवाएर अनसन तोड्न लगाएका हुन् । मुख्यमन्त्री यादवले एक साताभित्र समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति तथा केन्द्र सरकारसँग सरोकार रहेको विषयमा केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनले अनशन तोडेका हुन् । मुख्यमन्त्री यादवले आफू भूमिहीन सुकुम्बासीहरुलागि दलित आवास योजना अगाडि बढाउँदै लागू गर्ने विश्वास पनि दिए ।

चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव शुक्रबार दिउँसो ४ बजेदेखि विभिन्न ६ बुँदे मागसहित जनकपुरधामको जनकचोकमा आमरण अनशनमा बसेको थियो । मुख्यमन्त्री भनेको कुरा गर्ने भएकाले अनशन तोडेको यादवको भनाइ छ । ‘मुख्यमन्त्रीजीलाई म चिन्छु, उहाँ जे बोल्नुहुन्छ त्यो गर्नुहुन्छ । हामीलाई उहाँको वचनमा विश्वास छ,’ उनले भने ।
उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले वनसँग सम्बन्धित विषयहरु सम्बोधन गर्नको लागि कुनै कसर नराख्ने बताइन् ।

अनसन स्थल पुग्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केन्द्र सरकारबाट सम्बोधन हुने विषयहरु बारे आफूले पनि पहल गर्ने जानकारी दिए । कतिपय कुरामा कानून बन्नुपर्ने अवस्था रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले अन्य विषयमा पनि छलफल गरेर सकारात्मक रुपमा अघि बढ्नको लागि पनि उनले आग्रह गरे । तीनवटा तहमहध्ये कुनै तह सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउँदा बाध्य भएर आमरण अनसनमा बस्नुपरेको संयोजक यादवको भनाइ छ ।