वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सर्वसम्मत निर्णय
वि.सं.२०७९ चैत १९ आइतवार १७:०५
shares

काठमान्डौं, १९ चैत । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठलाई जिताउन गण्डकी प्रदेशले समर्थन गर्ने निर्णय गरेको छ । शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठलाई जिताउने निर्णय गरेको हो ।
प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा बसेको पहिलो बैठकबाट श्रेष्ठलाई सर्वसम्मतले जिताउने निर्णय भएको हो । उक्त बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, पोखरा उद्योग बाणिज्य संघका सदस्यहरु साथै लुम्बिनि प्रदेश र बागमती प्रदेशका केहि जिल्ला नगरका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सर्वसम्मत उम्मेदवार घोषणा भएसंगै बरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठले सबै सदस्यहरुलाई धन्यवाद दिए । कार्यक्रममा आफ्नो धारण राख्दै उद्योगीहरुको समस्या र चुनौतिहरुलाई समाधान गर्न आफु लागिपर्ने श्रेष्ठले बताएका छन् । उनी भन्छन् ‘गण्डकी प्रदेशका उद्योगी साथीहरुले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु । उहाँहरुको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु’।


















