मनकामना केबुलकारको सेवा एक दिनको लागी बन्द हुने
वि.सं.२०७९ चैत १९ आइतवार १६:१६
5.84K
shares
shares

काठमान्डौं, १९ चैत । मनकामना केबुलकार सेवा १ दिनको लागी बन्द हुने भएको छ । नेपालको पहिलो केबुलकार मानिने मनकामना केबुलकारको टावरमा मर्मत सम्भार कार्य गरिने भएको हुँदा सेवा बन्द गरिने भएको हो ।
त्यसै कारण यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुने भएको छ ।
केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा पुन: नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत रहनेछ ।


















