शेयर बजारमा दाेहाेराे अंकको गिरावट, परिसूचक १८८८ विन्दुमा
वि.सं.२०७९ चैत १९ आइतवार १५:२०
4.12K
shares
shares

काठमाडौं, १९ चैत । साताको पहिलो कारोबार दिन शेयर बजार राताम्य भएको छ । अघिल्लो कारोबारभन्दा २० अंकले ओरोलो लागेको शेयर बजार १८८८ दशमवल ५५ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबारभन्दा १.०५ प्रतिशतले कम हो ।
आइतबार २६० कम्पनीका ३७ लाख ८७ हजार २४१ कित्ता शेयर किनबेचबाट १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ प्रतिशतभन्दा बढीले ओरोलो लागेको छ ।
आइतबारको बजार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ३ दशमवल ७२ अंकले घटेर ३५५ दशमलव ७५ विन्दुमा पुगेको छ ।


















