रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगमा मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट
वि.सं.२०७९ चैत १९ आइतवार १७:५१
shares

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा रिट दायर गरेको जानकारी दिएका छन् । उनले भने ‘सर्वोच्चले रिट अध्ययन गरिरहेको र केही दिनमा सम्पर्क गर्न भनेको छ । रिटमा नागरिकता दूरुपयोग कसुरमा मुद्दा चलाउन आवश्यक उत्प्रेषण, परमादेश जे जो चाहिने उपयुक्त आदेशको माग गरिएको छ।’
प्रहरी र सरकारी वकिल कार्यालयले राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको भन्दै रिटमा महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ।


















