Dhulikhel Eco Banner new

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित

3.19K
shares

काठमाडौं, १२ जेठ । प्रतिनिधि सभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरे पछि सभामुख देवराज घिमिरेले संसद बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा नेकपा माओवादीका सांसद राजन दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलहरी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गरेका थिए ।