Dhulikhel Eco Banner new

नेपाली राजनीतिमा एक अर्काको श्रेष्ठता स्वीकार्न नसक्ने प्रवृत्ति छ : अध्यक्ष ओली

3.38K
shares

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपाली राजनीतिमा कुनै पनि हिसावले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठकाडौंमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एकले अर्कोको कामलाई राम्रो भनेर भन्न नसक्ने अहंकार भएको बताएका हुन् ।

‘लोभ, पाप र अहङकारले मान्छेलाई विगार्छ । अरुको श्रेष्ठतालाई स्विकार्न नसक्ने ठुलो समस्या छ । कुनै पनि हिसावले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने बौद्धिक होस कि जे सुकै होस । हामी ५ जनाले कार्यपत्र पेश गर्यौं मेरो भन्दा उसको कार्यपत्र राम्रो भनेर भन्न नसक्ने त्यो प्रवृत्ति हामीहरुमा छ । अहंकारको प्रवृत्ति छ । ’

हरेक कुरामा उत्तरदायी हुन आवश्यक रहेको बताएका उनले सरकारले गरेको कामको प्रभावकारिता र उपलब्धि गफमा मात्रै नभई देखिने खालको हुनुपर्ने बताए।