Dhulikhel Eco Banner new

सुन तस्करीमार्फत देशलाई लुट्ने काम भएको एमाले प्रमुख सचेतक गिरीको आरोप

4.34K
shares

काठमाडौं, १० साउन । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणमा देशलाई लुट्ने काम भएको आरोप लगाएका छन् । बुधबार संसद वैठकमा आफ्नो धारणा राख्दै प्रमुख सचेतक गिरीले तस्करी प्रकरणको संरक्षण गृहमन्त्री र अर्थमन्त्रीले गर्दै आएको आरोप लगाए ।

उनले भने ‘ यहि मेटलको नाममा ३३ पटक सम्म क्विन्टलका क्विन्टल समान भित्रिएको छ। त्यसको संरक्षण गर्ने काम कसले ग¥र्यो ? यहि गृहमन्त्रीले गरेको हो की हैन् ? यिनै प्रधानमन्त्रीले गर्नु भएको हो की हैन ? यहि भन्सारको कर्मचारी राखेर अर्थमन्त्री जयुले यसलाई समर्थन गर्नु भएको हो की हैन ? उहाँहरुको योजना र सेटिङमा यो काम भएको हो की हैन ? पछिल्लो दुई तिन महिनाको अवधिमा करिव २० क्विन्टल सुन नेपालमा तस्करी भईसक्यो । त्यसको संरक्षण गर्ने काम स्वयम मन्त्री आफैले गरेका छन् । दिउसै रात पार्ने र देशलाई लुट्ने काम भएको छ । ’

उनले छिटो भन्दा छिटो यसको लागि सरकारले छानविन समिति बनाउनु पर्ने कुरामा रुलिङ हुनु पर्ने माग समेत गरे ।