Dhulikhel Eco Banner new

दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद

10.8K
shares

दोलखा, १४ असाेज ।  चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याएका थप ४ किलो सुन प्रहरीले बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो ४ किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दिपक खड्काले बताए ।

यो सहित प्रहरीले ५ दिनमा ११ किलो सुन बरामद गरेको छ । सुन तस्करीमा संलग्न थप २ जना  पक्राउ परेका छन् । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई  लामाबगरबाट  र राजलाई काठमाडौंबाट पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म तस्करले ल्याएको ११ किलो सुन पक्राउ गरेको छ ।

फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।