Dhulikhel Eco Banner new

कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

3.89K
shares

काठमाडौं, २० पुस । आज शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबारकै मुल्यमा आज पनि कारोबारमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भइरहेको हो।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोलामा १३ सय रुपैयाँले घटेको थियो। यस्तै, आज तेजाबी सुनको मूल्य पनि बिहीबारकै प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको महासंघले बताएको छ।

शुक्रबार चाँदी पनि बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।