Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सेबोनबाट ऋणपत्र निष्कासन गर्न पायो स्वीकृती

2.73K
shares

काठमाडौं, ११ भदौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैक लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट ऋणपत्र निष्कासन गर्नका लागि स्वीकृती पाएको छ ।

कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो ।

स्वीकृती पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख २४ हजार कित्ता ब्याक्तिगत  बिक्री गर्नेछ ।