यस्तो छ मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८१ चैत १२ मंगलवार ०९:२२
shares

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र युरो दुवैको भाउ घटेको छ ।
अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ । सोमवार एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ २८ पैसा र बिक्रीदर १४८ रूपैयाँ ९३ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रूपैयाँ १० पैसा कायम भएको थियो ।
युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ १६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ १८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ११ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ २७ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १३ पैसा र बिक्रीदर नौ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।


















