उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ साउन १ बिहीवार १५:२०
shares

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साहजनक उछाल देखिएको छ। शेयर बजार ७९.८२ अंकले बढेर २,८७० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६ अर्ब ५९ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
हरियाली छाएको शेयर बजारमा शुभम पावर र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने इष्टन हाइड्रोपावरका लगानकिर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी बाराही हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।


















