आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उछाल
वि.सं.२०८२ साउन १ बिहीवार १५:०९
shares

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साहजनक उछाल देखिएको छ। शेयर बजार ७९.८२ अंकले बढेर २,८७० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६ अर्ब ५९ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, एनआइबिएल स्टेबल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.५८ प्रतिशतका दरले गुमाएका छन् ।


















