Dhulikhel Eco Banner new

गोर्खाज फाइनान्सको अध्यक्षमा खापुङ चयन

2.6K
shares

काठमाडौं, ११ कात्तिक। गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा संस्थापक सञ्चालक कल्पना खापुङ चयन भएकी छिन्। कम्पनीका पूर्व अध्यक्ष गौरव बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष र सदस्य दुवै पदबाट राजिनामा दिएका थिए।

बुढाथोकीले असोज ९ गते दिएको राजिनामा कात्तिक ११ गते बसेको सञ्चालक समितिको ५३२औं बैठकले स्वीकृत गरेको हो। सोही निर्णयअनुसार बुढाथोकीको राजिनामा तत्काल लागू हुने गरी स्वीकृत गरिएको छ।

राजिनामा स्वीकृतिसँगै रिक्त बनेको अध्यक्ष पदमा सोही बैठकले सर्वसम्मत निर्णयमार्फत कल्पना खापुङलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको छ। खापुङको नियुक्ति पनि कात्तिक ११ गतेदेखि लागू हुने निर्णय गरिएको छ।

सञ्चालक समितिको निर्णयपछि कम्पनीको नेतृत्वमा स्थिरता कायम गर्न नयाँ अध्यक्षको नियुक्ति गरिएको हो।