नेपाल व्यापार संघको निम्ता सीडीओले बुझ्नै मानेनन्, निर्वाचन सर्यो
वि.सं.२०८२ माघ १२ सोमवार १८:१७
shares

काठमाडौं, १२ माघ । नेपाल व्यापार संघको ३४औँ साधारणसभा तथा १७ औँ महाधिवेशन सरेको छ । २४ माघका लागि तोकिएको महाधिवेशन आम निर्वाचनको कारण देखाउदै सारिएको हो ।
महाधिवेशनबाट संघको नयाँ नेतृत्व चयन गर्ने तयारी समेत थियो । अधिवेशनका लागि हल बुक गरेर अध्यक्ष र महासचिव निम्ता गर्ने कार्यका लागि सकृय थिए । निम्ता कार्ड, हल बुकिङ लगायतमा केही रकम खर्च पनि गरिसकेपछि एक्कासी कार्यक्रम सार्नु परेको हो ।
संघका अध्यक्ष हरि गौतमका अनुसार कार्यक्रमबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको थियो । तर उक्त पत्र सीडीओको आदेश भन्दै दर्ता गर्नै कर्मचारीले अस्वीकार गरिदिएका छन् । साथै आम निर्वाचन भन्दा अगाडि कार्यक्रम नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत समेत गराएपछि संघले आफ्नो कार्यक्रम चैतमा गर्ने तयारी गरेको छ ।



















