Dhulikhel Eco Banner new

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी

5.58K
shares

काठमाडौं, २४ फागुन । ओखलढुंगा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई अत्यन्तै झिनो मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै जित हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए। यससँगै पोखरेल ५ मतको अन्तरले विजयी बनेका हुन्। ओखलढुंगामा एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ।