Dhulikhel Eco Banner new

घोषणापत्रअनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउने नवनियुक्त शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता

2.37K
shares

काठमाडौं, १३ चैत । नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको घोषणापत्रअनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले भने, ‘सरकारमा आएपछि थप जिम्मेवारीबोध भएको छ। पार्टीको वाचापत्र कार्यान्वयन गर्नु हाम्रो दायित्व हो। त्यही प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउँछौँ।’

पोखरेल पहिले काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र साहको कार्यकालमा शिक्षा सल्लाहकारका रूपमा काम गर्दै आएका थिए। साह प्रधानमन्त्री बनेपछि उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो।

उनले महानगरपालिकामा लागू गरिएको शैक्षिक सुधारको अनुभवलाई देशभर विस्तार गर्ने योजना रहेको पनि बताए। उनले भने, ‘महानगरमा कार्ययोजना बनाएर सुधार गरेका थियौँ, त्यस्तै मोडेल देशभर लागू गर्नेछौँ।’