शेयर बजारमा १५८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत १९ बिहीवार १५:३०
shares

काठमाडौं, १९ चैत । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ५.८२ अंकले बढेर २,७८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्यबढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ८१ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.०६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एनएमबि हायब्रिड फन्डका लगानीकर्ताले २.७३ प्रतिशतका दरले गुमाएका छन् भने क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले २.६५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि अभियान लघुवित्तका लगानीकर्ताले २.६२ प्रतिशतका दरले गुमाएका छन् भने ग्लोबल आइएमई ब्यालेन्स फन्डका लगानीकर्ताले २.४४ प्रतिशतका दरले गुमाएका छन् ।
















