Dhulikhel Eco Banner new

उपभोक्ता ठगीमा संलग्न तीन पसललाई जरिबाना

1.43K
shares

काठमाडौं, २५ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गर्ने तीन व्यावसायिक फर्मलाई जरिबाना तिराएको छ।

मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि ती फर्महरूलाई कुल ४५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।

अनुसार, काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा सञ्चालित शंकर खाद्य किराना स्टोर र एसडीआर स्टोरलाई समान २०–२० हजार रुपैयाँ जरिबाना गरिएको छ। त्यसैगरी काठमाडौं–२६ गोंगबुस्थित गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको छ।

अनुगमनका क्रममा अन्य ३६ वटा फर्मलाई भने तत्काल जरिबाना नगरी उपभोक्ता अधिकारसम्बन्धी सचेतना दिँदै सामान्य निर्देशन प्रदान गरिएको विभागले जनाएको छ।

नयाँ बसपार्क, चाबहिल, टोखा तथा ललितपुरको चापागाउँ क्षेत्रमा सञ्चालित किराना पसल, फेन्सी स्टोर, मोबाइल पसल, कस्मेटिक पसल तथा खाद्य स्टोरहरूमा अनुगमन गरिएको थियो। विभागले व्यवसायीहरूलाई उपभोक्ता अधिकारको संरक्षण गर्दै कानुनअनुसार व्यापार सञ्चालन गर्न आग्रह गरेको छ।