Dhulikhel Eco Banner new

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड

858
shares

काठमाडौं, ११ वैशाख । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म खुला गरिएको आईपीओको नतिजा सार्वजनिक गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। यसमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

आईपीओमा उल्लेखनीय आकर्षण देखिएको छ। बिक्री अवधिभर कुल २७ लाख ७१ हजार १८ जनाले आवेदन दिएका थिए। तीमध्ये २७ लाख २७ हजार ११७ जनाको आवेदन मात्र स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ।

मागभन्दा धेरै आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको हो। बाँडफाँडअनुसार ७८ हजार २० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी २६ लाखभन्दा बढी आवेदक भने शेयर नपाई रित्तै फर्किएका छन्।

आईपीओमा उच्च आवेदन परेकाले लगानीकर्ताबीच हाइड्रोपावर कम्पनीप्रतिको आकर्षण अझै बलियो रहेको देखिएको छ।