काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा
वि.सं.२०७९ असार २० सोमवार १०:२७
shares

काठमाडौं, २० असार । सिटिजन बैंकले काठमाडौं उपत्यकामा थप तीनवटा शाखा विस्तार गरेको छ । १५ बर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौंको ठूलो भञ्याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् ।
सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
साथै ग्राहकहरुको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाडौंको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ ।
ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्दै आएको यस बैंकले प्रमुख वित्तीय सूचकहरू नियामक निकायले तोकेको सिमा भित्र कायम गरेको छ । रु १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरि रु १ खर्ब ३४ अर्ब कर्जा प्रबाह गरि करिब १४ लाख ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका सँगै अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सिमा भित्रै कायम गरेको छ ।















