Dhulikhel Eco Banner new

आइएमई जनरल र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता

4.94K
shares

काठमाडौं, २० असार । आइएमई जनरल इन्स्यारेन्स कम्पनी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच उपभोक्तालाई छूट दिने सम्बन्धी सम्झौता गरिएको छ ।

सम्झौतापत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार कम्पनीका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई क्लिनिकका सेवामा छूट दिइनेछ । काठमाडौंको महाराजगञ्जमा रहेको उक्त क्लिनिकबाट एक्सरे, यूएसजी, ईसीजी, इको लगायत सेवामा १० प्रतिशतसम्म छूट दिइने कम्पनीले बताएको छ ।

त्यस्तै ओपीडी सेवामा २५ प्रतिशतसम्म छूट पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले निर्जीवन बीमासम्बन्धी सेवा आफ्नो कम्पनीले सहज रूपमा दिँदै आएको बताए ।