प्रतितोला १ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख १४ सोमवार ११:०१
1.79K
shares
shares

काठमाडौं, १३ वैशाख । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य १ हजार ३ सयले बढेको हो ।
महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९९ हजार २ सयमा कारोबार भएको सुन सोमवार बढेर प्रतितोला ३ लाख ५ सयमा कायम भएको छ ।
त्यसैगरी, सोमवार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँ कारोबार भएको चाँदी सोमवार ५ हजार ४५ रुपैयाँमा कायम भएको हो ।



















