Dhulikhel Eco Banner new

नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने

6.58K
shares

काठमाडौं, २० असार । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

यो सुबिधा सिजिएएस प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरुले उपभोग गर्न सक्नेछन। यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले अप्रुभ गर्ने बित्तीकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ ।

तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत बृद्धि अवकास योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरुले पाउनेछन । ती कार्यालयहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब नागरिक लगानी कोषका सबै सदस्य बैंक(वित्तीय संस्थाहरुबाट पठाउन सक्नेछन ।

Corporate Pay सुबिधा लिएका कार्यालयहरुले भने Corporate Pay प्रणाली मार्फत आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस प्रणाली अनुसार सबै कार्यालयहरुले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरुको नाम थर र कोषले प्रदान गरेको परिचय नं. समेतको बिबरण कोषको ई–सर्भिस पोर्टल http://eservice.nlk.org.np/ मार्फत चढाई सो बिबरणलाई Submit गरेपछि प्राप्त हुने Submission नम्बर तथा अफिस कोड सहितको Print out लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गरेपछि उक्त बैंकले Submission नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको Bank Centrel Module मार्फत रकम जम्मा गरिदिने छन । यसरी बैंकलेBank Centrel Module मार्फत दाखिला गरेको कारोबार रकम सहितको बिबरण NCHL  मा API गर्नेछ ।