सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:५७
shares

काठमाडौं, २४ वैशाख । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २१ गतेदेखि पहिलो चरणमा आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो।
जसमध्ये १० प्रतिशत अर्थात ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ। श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूले उक्त आईपीओमा आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। इच्छुक आवेदकहरूले आज वैशाख २४ गते बैंकिङ्ग समयभित्र आवेदन दिइसक्नुपर्नेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
















