Dhulikhel Eco Banner new

लाभांश पारित सहित सानिमा लाइफको साधारणसभा सम्पन्न

5.94K
shares

काठमाडौं, २० असार । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह,नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गरेको छ। साथै आर्थिक वर्ष २०७७ /७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्बको आधारमा कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । सभाले कम्पनीको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४ दशमलव २ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांशलाई समेत वितरण योग्य बताएको छ ।

सभाले संचालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक निर्बिरोध चयन गरेको छ । सर्बसाधारण समुहबाट केशबराज केसी र शिबहरि घिमिरे निर्बिरोध निर्वाचित भएका छन् ।

कम्पनीको अधिकृत तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले अनुमोदन गरेको छ ।