Dhulikhel Eco Banner new

नेपालको सीमा अभिव्यक्तिमा भारतको जवाफ : ९८ प्रतिशत सीमा निर्धारण भइसकेको छ

689
shares

‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाइले दुई छिमेकीबीच कूटनीतिक तरङ्ग उठाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्री र विदेश मन्त्रालयको बयान आफूहरूले गम्भीरतापूर्वक हेरेको बताउँदै नियमित प्रेस ब्रिफिङमा प्रतिक्रिया दिएका छन् ।

जैसवालका अनुसार दुई देशबीचको सीमाको करिब ९८ प्रतिशत हिस्सा पहिले नै निर्धारण भइसकेको छ । बाँकी केही विवादित क्षेत्रहरू रहेका छन्, जसको समाधानका लागि दुईपक्षीय संयन्त्र पहिले नै स्थापित भएको उनले बताए । गण्डक नदीको बहावमा आएको परिवर्तनले सीमा समस्या सिर्जना भएको भन्दै निर्धारित सीमाका केही हिस्सामा कब्जा र ‘नो म्यान्स ल्याण्ड’ मा अतिक्रमणबारे दुवै देश संयुक्त रूपमा मानचित्रण गर्दै आएको पनि उनले स्पष्ट पारे ।

भारतीय प्रवक्ताले यो विषय दुई देशबीचको द्विपक्षीय मामिला भएको जोड दिँदै तेस्रो पक्षको कुनै भूमिका नरहने धारणा सार्वजनिक रूपमै राखेका छन् ।