Dhulikhel Eco Banner new

अप्पर स्याँङ्गे हाइड्रोपावरको लकइन अवधि सकिंदै

845
shares

काठमाडौं, २० जेठ । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि आगामी असार २१ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीका अनुसार लकइन अवधि सकिन लागेका शेयरमध्ये संस्थापक समूहको १३ लाख ३० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको २ लाख २० हजार कित्ता तथा कम्पनीमा कार्यरत कर्मचारीको १३ हजार कित्ता शेयर रहेका छन्।

प्रचलित व्यवस्था अनुसार कुनै पनि कम्पनीले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० जारी गरी बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारी समूहको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।

उक्त अवधि समाप्त भएसँगै सम्बन्धित शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर दोस्रो बजारमा कारोबार गर्न पाउनेछन्। लकइन अवधि सकिएपछि बजारमा थप शेयर आपूर्ति हुने भएकाले यसले कम्पनीको शेयर कारोबार तथा लगानीकर्ताको गतिविधिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।