Dhulikhel Eco Banner new

कामना सेवाको खुद नाफा ३३ प्रतिशत बढ्यो

वितरणयोग्य मुनाफा ६० करोड ११ लाख

1.35K
shares

काठमाडौं — कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५१ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकको नाफा ६६ करोड ९७ लाख रुपैयाँ थियो।

बैंकको नाफा बढ्नुमा व्यवसाय विस्तारसँगै इम्पेरमेन्ट चार्ज घट्नु मुख्य कारण देखिएको छ। यस्तो चार्ज ४१ करोड ८१ लाख रुपैयाँबाट घटेर १३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४१ करोड रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। बैंकले ६६ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ छ। प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा र वितरणयोग्य प्रतिशेयर आम्दानी १५ रुपैयाँ १६ पैसा कायम भएको छ।

निष्क्रिय कर्जा भने ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ। बैंकको आधार दर ५.५३ प्रतिशत, सीडी अनुपात ८६.३४ प्रतिशत र पूँजी कोष पर्याप्तता अनुपात १४.१६ प्रतिशत रहेको छ।