एकैदिन तोलामा ३ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ भदौ ५ शुक्रवार ११:१०
1.27K
shares
shares

काठमाडौं, ५ भदौ । स्थानीय बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ३ हजार ३ सयले बढेको हो ।
महासंघका अनुसार सुन बिहीबार प्रतितोला ३ लाख १३ हजार ४ सयमा कारोबार भएको सुन शुक्रबार बढेर ३ लाख १६ हजार ७०० सयमा कारोबार भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य १ सय ३० रुपैयाँले बढेको छ । बिहिबार ४ हजार ८ सय ५५ मा कारोबार भएको चाँदी बढेर शुक्रबार ४ हजार ९८५ मा कायम भएको हो ।


















