वर्षाले हिलाम्मे बन्यो टीयू क्रिकेट मैदान जाने बाटो, क्रिकेटप्रेमीलाई सास्ती
वि.सं.२०८३ कात्तिक १५ आइतवार १०:४९
shares

काठमाडौं, १५ कार्तिक। वर्षापछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान आसपासका सडक हिलाम्मे र चिप्लो बनेपछि क्रिकेट हेर्न पुगेका दर्शकले सास्ती खेप्नुपरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न उत्साहका साथ मैदान पुगेका क्रिकेटप्रेमीलाई खेल हेर्नुभन्दा घर फर्किने क्रममा बढी समस्या भएको देखिएको छ । वर्षाका कारण मैदानबाहिरका बाटो हिलाम्मे हुँदा दर्शकलाई हिँडडुल गर्नसमेत कठिनाइ भएको हो ।
मैदानमा क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धा हेर्न पुगेका दर्शकले बाहिर निस्किएपछि हिलो र चिप्लो बाटोको सामना गर्नुपरेको छ । कतिपय दर्शकलाई हिलाम्मे बाटोमा सन्तुलन मिलाएर हिँड्नसमेत कठिन भएको छ ।
एनपीएलजस्तो ठूलो खेलकुद प्रतियोगिता आयोजना भइरहँदा मैदान आसपासको पहुँच मार्ग र आधारभूत पूर्वाधारको अवस्थाले प्रश्न उठाएको छ । विशेषगरी वर्षायाममा दर्शकको आवागमन सहज बनाउन आवश्यक व्यवस्था हुन नसकेको भन्दै मैदान आसपासको सडक तथा पूर्वाधार सुधार गर्नुपर्ने देखिएको छ ।
खेल हेर्न आउने दर्शकको सुविधालाई ध्यानमा राख्दै मैदानसम्म पुग्ने र फर्किने बाटो व्यवस्थित बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।



















