Dhulikhel Eco Banner new

नेपालले थप ६ हिमाललाई ८ हजार मिटरमाथिका छुट्टै शिखरका रूपमा मान्यता दिलाउन प्रस्ताव गर्ने

559
shares

काठमाडौं, १५ कार्तिक। नेपालले ८ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ । प्रस्ताव स्वीकृत भए विश्वमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ ।

नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत नेपालले काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (यूआईएए) को सन् २०२६ को महासभामा उक्त प्रस्ताव पेस गरेको हो ।

प्रस्ताव स्वीकृत भए नेपालमा मात्रै ८ हजार मिटरभन्दा अग्ला मान्यताप्राप्त हिमशिखरको संख्या ८ बाट बढेर १४ पुग्नेछ । त्यस्तै, विश्वभर यस्ता हिमशिखरको संख्या १४ बाट बढेर २० पुग्नेछ ।

नेपालको यो पहलले हिमाल आरोहणका नयाँ गन्तव्य पहिचान गर्न र अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको आकर्षण थप बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

थप हिमालले छुट्टै शिखरको मान्यता पाएमा आरोहणका नयाँ अवसर सिर्जना हुनुका साथै साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

नेपालको हिमाली पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्न र नयाँ आरोहण गन्तव्य विकास गर्न यो प्रस्ताव महत्वपूर्ण मानिएको छ ।