एकैदिन सुन तोला ८ हजार ३ सयले घट्यो, चाँदी पनि १७५ रुपैयाँ सस्तियो
वि.सं.२०८३ कात्तिक १५ आइतवार ११:०९
962
shares
shares

काठमाडौं, १५ कार्तिक। नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । कार्तिक १५ गते आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।



















