काममा अनुपस्थित हुने सात इन्जिनियर बर्खास्त
वि.सं.२०८३ मंसिर २ बुधवार ११:३६
shares

काठमाडौं, २ मंसिर । काममा उपस्थित नभएको र स्वीकृतिबिना बिदामा बसेको भन्दै पूर्वाधार विकास मन्त्रालयले सात जना सरकारी इन्जिनियरलाई सेवाबाट बर्खास्त गरेको छ ।
मन्त्रालयले २०८३ कात्तिक २० गते गरेको निर्णय मंसिर २ गते सार्वजनिक गर्दै सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार बर्खास्त हुनेमध्ये छ जना लामो समयसम्म काममा हाजिर नभएका र एक जना स्वीकृति नलिई बिदामा बसेका कर्मचारी रहेका छन् ।
निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा सेवाबाट बर्खास्त गरिएका सातै जना भविष्यमा सरकारी सेवामा नियुक्त हुन अयोग्य नहुनेसमेत उल्लेख गरेको छ ।

















