देशभरको मौसम मुख्यतया सफा रहने, तराई र उपत्यकामा तुवाँलो
वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:२६
234
shares
shares

देशभर हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले अधिकांश भूभागको मौसम सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भेगमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा बिहानैदेखि तुवाँलो र हुस्सु देखिएको छ।
महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो तथा राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य प्रदेशको मौसम भने मुख्यतया सफा रहने अनुमान छ। यस्तै, भोलि बिहानपख पनि तराईका भूभाग, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
















