नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँट
वि.सं.२०७९ साउन २ सोमवार ०९:०४
4.24K
shares
shares

काठमाडौं, २ साउन । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गरेको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले आज (साउन २ गते) एक सूचना जारी गर्दै बाँटफाँड गरेको जानकारी गराएको हो ।
कम्पनीले असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार कित्ता तथा सर्वसाधारण समूहको ३ लाख २ हजार कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
उक्त बाँटफाँडमा नपरेको शेयर बापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरिएको बैंक खाता नम्बरमा साउन २ गते (आज) देखि जम्मा गरिने विक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।



















