प्रभु बैंक र सेञ्चुरी बैंकको शेयर कारोबार रोक्का
वि.सं.२०७९ साउन १६ सोमवार १०:४८
shares

काठमाडौं, १६ साउन । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ ।
यी दुई बैंकबीच साउन १५ गते एकआपसरमा मर्जरमा जाने सहमति भई सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएअनुसार नेप्सेले आजदेखि दुबैको कारोबार रोक्का गरिदिएको हो ।
प्रभु र सेञ्चुरी बैंकका संचालकहरुको उपस्थितिमा हिज होटल मेरियटमा मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रेसियोमा प्राप्ति गरेको हो ।



















