Dhulikhel Eco Banner new

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनस दर निर्धारण

7.94K
shares

काठमाडौं, १६ साउन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमितहरुलाई नयाँ बोनस दर निर्धारण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुलाई नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

आव २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमाङ्ककीय प्रतिवेदन नियामक निकाय बीमा समितिबाट स्वीकृती भएबमोजिम कम्पनीले बोसदर सार्वजनिक गरेको हो ।

आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेख अन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत न्यु्नतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत ९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६३ रुपैयाँ र ३० र सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, कम्पनीले सावधिक।अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोसदर दिने भएको छ । जसअन्तर्गत ९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।