Dhulikhel Eco Banner new

माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयो : शिक्षा मन्त्री पौडेल

4.26K
shares

काठमाडौं, २५ भदौ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्नु पर्ने बताएकका हुन् ।

उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उम्मेदवारले आगामी चुनावमा जित्न पर्ने बताए । उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।

प्रस सेन्टर नेपालको गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको बैठकमा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा, माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज हितराज पाण्डे, अध्यक्ष गायत्री गुरुङ, पोलिटव्युरो सदस्य राजकाजी गुरूङ, वरिष्ठ उपाध्यक्ष कमल गिरि, उपाध्यक्षहरू शुरेशचन्द्र अधिकारी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, त्रिभुवन पौडेल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलसहितका पदाधिकारी र प्रदेश तथा जिल्लाका नेताहरूको सहभागीता रहेको छ । बैठकमा प्रदेश अन्तरगतका जिल्लाका अध्यक्षहरूले रिपोर्टिङ प्रस्तुत गरेका छन् ।