बरुण हाइड्रोपावरले हकप्रद शेयर बिक्री गर्दै
वि.सं.२०७९ असोज ३० आइतवार ०९:५०
shares

काठमाडौं, ३० असोज । बरुण हाइड्रोपावरले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कार्तिक १४ गतेदेखि गोप्य शिलबन्दीद्वारा सर्वसाधारणका लागि ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले असोज ६ गतेदेखि २८ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेको थियो । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेकाले पुनः विक्री खुला गर्न लागेको हो ।
उक्त हकप्रद शेयरमा इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले कार्तिक २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयरमा विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यलय टेकु, काठमाडौं र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदने दिन सकिने छ ।
















