बझाङमा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो
वि.सं.२०७९ कात्तिक २ बुधवार १७:१९
shares

काठमाडौं, २ कात्तिक । बझाङमा भएको जीप दर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर ४ चिउरीमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।
बुधबार दिउँसो सदरमुकामबाट मष्टा गाउँपालिका तर्फ जाँदै गरेको जीप दुर्घटना भएको र ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । जीपको नम्बर प्लेटनै हराएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
अहिले घाइतेहरुको उद्धार भइरहेको उनले जानकारी दिए । जिपमा कतिजना सवार थिए भन्ने विषयमा पनि कुनै पनि जानकारी नभएको उनले बताए ।
















