Dhulikhel Eco Banner new

लाभांश प्रस्तावसहित निफ्राले बोलायो साधारणसभा

4.75K
shares

काठमाडौं, ६ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाएको हो ।

सभा अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले कर सहित ४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छलफलहरु गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १ गते बुक क्लोज गर्ने भएको छ । यसआधारमा कार्तिक ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।