एक्सेल डेभलपमेण्ट बैंकले तीन महिनामा कमायो २ करोड १८ लाख नाफा
वि.सं.२०७९ कात्तिक १६ बुधवार १२:१३
shares

काठमाडौं, १६ कात्तिक । एक्सेल डेभलपमेण्ट बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ६२ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा १ करोड ८२ लाख नाफा कमाएकोमा चालू आवमा बढेर २ करोड १८ लाख पुगेको हो चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ३७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा ११ करोड ३१ लाख खुद ब्याज आम्दानी भएकोमा चालू आवमा बढेर १५ करोड ५४ लाख पुगेको हो ।
त्यसैगरी सञ्चालन नाफा ९७ प्रतिशत भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा २ करोड ६१ लाख रहेकोमा चालू आवमा बढेर ५ करोड १५ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब २४ करोड रहेको छ भने जगेडामा ४० करोड २९ लाख र रिटेन्ड अर्निङमा ८० लाख ५५ हजार सञ्चित गरेको छ । चालू आवमा कम्पनीले ११ अर्ब ६२ करोड निक्षेप संकलन गरेर१० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ दशमलव ०१, मूल्य आम्दानी अनुपात ४४ दशमलव २२ गुणा,तरलता अनुपात २३ दशमलव ८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ८९ रहेको छ ।



















