Dhulikhel Eco Banner new

नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा मङ्सिर १८ गते, के-के छन् एजेण्डा ?

4.43K
shares

काठमाडौं, १७ कात्तिक । नेशनल लाइफ इन्स्योरेन्सले साधारणसभा गर्ने भएको छ । कम्पनीले मङ्सिर १८ गते आइतबार सभा आह्वान गरेको हो ।

सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जानकारी दिएको छ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्