Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

5.17K
shares

काठमाडौं, १७ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ ।

कम्पनीले १९ हजार ७१० कित्ता संस्थापक शेयर कम्पनीकै संस्थापक शेयरधनीहरुलाई प्रथामिकतामा राखी ३५ दिने सूचना प्रकाशित गर्दा सो समय अवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेकाले सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।