Dhulikhel Eco Banner new

ग्लोबल आइएमई लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो

4.73K
shares

काठमाडौं, २१ कात्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा ५८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा ६ करोड ३९ लाख नाफा कमाएकोमा चालू आवमा २ करोड ६७ लाखमा झरेको हो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ५८ प्रतिश तर खुद ब्याज आम्दनी १३ प्रतिशत घटेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ५९ दशमलव १२ रहेकोमा चालू आवमा घटेर १९ दशमलव ३६ मा झरेको हो ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ५ करोड निक्षेप संकलन गरेर ८ अर्ब ४८ करोड भन्दा बढी कर्जा लगानी गरेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी ५५ करोड २५ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा ५४ करोड ८२ लाख सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६० दशमलव १८ गुणा र प्रतिशेयर नेटवर्थ १९९ दशमलव २२ रहेको छ ।